वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो (आज) आइतबार देखाइने भएको छ। भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो। जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको थियो। भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ।

पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ। 

यो जात्रामा आज राष्ट्रपति रामचन्द्र पौडेल पनि सहभागी हुनेछन्। यस अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ।