सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन मनिष शाक्यको स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि उनलाई डिस्चार्ज गर्ने तयारी गरेको छ। 

अस्पतालकी निर्देशक डा. मीना थापाले अवस्था सामान्य हुँदै गएको बताइन्। उनले भनिन्, ‘डिस्चार्ज भए पनि उपचार जारी रहन्छ। तर, अस्पतालमै राखिरहनुपर्ने अवस्था छैन। ‘घरमै बसेर थेरापी र अन्य उपचारलाई निरन्तरता दिन सक्नुहुन्छ।’

साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको विमान धावनमार्गनजिकै दुर्घटनामा परेको थियो। दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने पाइलट शाक्यको घाइते अवस्थामा उद्धार गरिएको थियो।

त्यसै दिन अस्पताल भर्ना भएका शाक्य ८ दिनको उपचारपछि डिस्चार्ज हुन लागेका हुन्।