नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पुष्पलालको विचारबाट आफू प्रभावित भएको बताएका छन्।
बुधबार पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले सबै योद्दाहरुलाई सम्झिनुपर्ने बताएका हुन्।
उनले भने,‘पुष्पलालको अनुयायी २०२२ सालदेखि उहाँको विचारबाट म प्रभावित हुँ, २०२६ सालमा उहाँले सञ्चालन गर्नुभएको पार्टीको सदस्य, र अहिले पुष्पलाल स्मृति प्रतिष्ठानको अध्यक्ष भएको नाताले सबैलाई धन्यवाद दिन चाहन्छु।’
साथै पर्यटनमन्त्री बद्री पाण्डेले गरिब जनताको अनुहारमा पुष्पलालले ठुलो खुसी दिएको बताए। उनले गरिब जनताको लागि हासो ल्याउने सङ्घर्ष नै उनको रहेको बताए।
उनले भने,‘मुलुकलाई एउटा समृद्धि र विकास बनाउनको लागि पुष्पलालहरुले गरेको सङ्र्घषको वर्णन गर्नै सकिन्न। उहाँहरुले देखाएको बाटो गरिब जनताको नाममा लिएको हासो र खुसी सम्झन लायक छ।’