नेकपा एमालेका सांसद रघुजी पन्तले रास्वपाका सांसद स्वर्णिम वाग्लेले प्रस्तुत गरेका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। 
प्रतिनिधिसभाको बैठकमा उनले सांसद वाग्लेको भनाइले स्पष्ट रूपमा देश विरोधी सार तत्त्वलाई बोकेको भन्दै यो नेपालले दिँदै आएको परराष्ट्र नीति, नेपालको स्वतन्त्रता र सार्वभौमसत्ताको विपरीत रहेको बताए। 
उनले भने, ‘आज एक जना नेपाली सांसदको मुखबाट कतै चर्चामा नआएको र भारतले पनि कतै उल्लेख नगरेको साउथ एसियन डक्ट्रिनको कुरा आउनु र त्यसलाई नेपालले बुझिदिनु पर्ने कुरा निस्कनु लज्जास्पद र खेदजनक छ। यस्तो कुराका आलोचना गर्नुपर्छ। रास्वपाका सांसद स्वर्णिम जी के भन्नु हुन्छ भन्दा म भारतीय मेरो अधिकारीहरूसँग भारत जाँदा भेट भएको थियो। विभिन्न भएको थियो? अनि भन्नु हुन्छ हामीले भारतीय कुरा बुझ्नु पर्छ। उहाँको भनाई नेपालले दिँदै आएको परराष्ट्र नीति, असंलग्न परराष्ट्र नीति, नेपालको स्वतन्त्रता, सार्वभौमसत्ताको विपरीत छ। स्पष्ट रूपमा यसले देश विरोधी सार तत्त्वलाई बोकेको छ। यसले नेपालमा नेपालका देशभक्तहरूको अपमान गरेको छ।’ 
यस्तै, सांसद वाग्लेको अभिव्यक्तिमाथि नेपालको संसद्ले अध्ययन गर्नुपर्ने पनि उनको भनाई छ। 
उनले भने, ‘यसमाथि नेपालको संसद्ले अध्ययन गर्नुपर्छ। आफू सरहको एक सांसदबाट देशलाई अहित हुने कुरा, घुमाएर नेपाललाई भुटान बनाउने जब कि भुटान नै चीनसँग सम्बन्ध बनाउन खोज्दै छ।’