भारतको सिलोङमा चार जना नेपालीको हत्या गरिएको छ। मेघालय राज्य अन्तर्गत सुत्ंगा, जयन्तिया हिल्समा उनीहरूको बीभत्स हत्या भएको हो।
पहिला बाँधेर त्यसपछि धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। घटना भएको स्थान मेघालयको राजधानी शिलोङबाट १३० किलोमिटर टाढा भएको बताइएको छ।
मारिने ३ जना धरान र भोजपुरका नेपाली भएको र ती मध्ये एक जना ईलामका रवि राई रहेको समाचारमा उल्लेख छ।
४ जना नै स्थानीय कोइला खानीमा काम गर्दै आएका बताइएको छ। यो घटनाबारे दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी पुगेको छ।