राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आइतबार बस्ने भएको छ।
आइतबार बिहान साढे ९ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, संसदको बाँकी कामकारबाही र विविध विषयमा छलफल हुने सचेतक निशा डाँगीले जानकारी दिइन्।