केन्द्रमा सत्ता समिकरण उलटफेर भएपनि मधेश प्रदेशमा जनमत पार्टी नेतृत्वकै सरकार अनुमोदित भएको छ।

मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका हुन्। सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्री सिंह विश्वासको मत पाएको घोषणा गरे।

आजको प्रदेशसभा बैठकमा कूल १०१ सांसद उपस्थित थिए। जसमध्ये ६७ सांसदले मुख्यमन्त्री सिंहमाथि विश्वास रहेको भन्ने पक्षमा मतदान गरेको सभामुख मण्डलले बताए। विपक्षमा ३४ मत परेको हो।

मुख्यमन्त्री सिंहलाई जनमत पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका छन्।