गुल्मीमा पहिरोमा पुरिएकी महिलाको जीवितै उद्धार गरिएको छ।
जिल्लाको रुरुक्षेत्र गाउँपालिका-३ ठाटीपौवाकी ४५ वर्षीया तमाटालाई पहिरोले पुरेको अवस्थामा जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए।
ढुङ्गा माटोले बनेको एक तले टिनले छाएको तमाटाको घर माथिबाट खसेको ढुङ्गा, माटो सहितको पहिरोले पुरेकोमा उनलाई स्थानीय र प्रहरीले पहिरोबाट जीवितै उद्धार गरेका छन्।
उद्धारपछि उनलाई थप उपचारको लागि रिडी प्राथमिक उपचार केन्द्रमा पठाएको छ। पहिरो खसेका बेला उनी घरमा एक्लै थिइन्।