काठमाडौंमा लगातारको वर्षाले बल्खुको तरकारी बजार डुबानमा परेको छ। 

शुक्रबार रातिदेखि अविरल वर्षाका कारण बागमती नदीमा आएको बाढी तरकारी बजारमा छिरेको हो। 

बाढी तरकारी बजारमा छिर्दा त्यहाँ राखिएका फलफूल र तरकारी बगाउनुका साथै ढुवानीका लागि प्रयोग गरिएको ट्रकसमेत बगाएको छ।

बाढी छिरेपछि व्यवसायीले बाँकी रहेका तरकारी तथा फलफूल सुरक्षित स्थानमा सारेका छन्।