राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा) का महामन्त्री मुकुल ढकालले पार्टीको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण (लाइभ) गर्न माग गरेका छन्।
आगामी बुधवार बिहान बस्ने केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न महामन्त्री ढकालले सभापति रवि लामिछानेलाई प्रस्ताव गरेको जानकारी दिएका छन्।
‘बुधबारको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्नका लागी सभापतिलाई आग्रह गरेको छु, हाम्रो अडिट जनताले गरून्,’ महामन्त्री ढकालले भनेका छन्।
बैठक लाइभ गर्ने वा नगर्ने सम्बन्धमा सभापतिबाट जवाफ आइनसकेको उनले बताए।