प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता भएको हो। 

दुई नेताबिच सरकार सञ्चालन र टीआरसीबारे छलफल भएको छ। शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबिच ओली निवास बालकोटमा भेटवार्ता भएको थियो। देउवा ओलीबिचको भेटवार्ताले राजनीतिक वृत्तमा तरङ्ग फैलिएको छ।