काठमाडौँको न्यूरोडका सुनचाँदी व्यवसायीले राष्ट्र बैंकको कदमको विरोध गर्दै प्रदर्शन गरेका छन्। बुधवार उनीहरुले राष्ट्र बैंकले सुन आयातमा लगाएको कोटा र भन्सारमा लगाइएको कर वृद्धिको विरोधमा पसल बन्द गरेर विरोध प्रदर्शन गरेको हो।

व्यवसायीहरूले भन्सार दर १५ प्रतिशतबाट २० प्रतिशत बनाएको, सुनचाँदीसम्बन्धी ऐन, नियम, निर्देशिका प्रकाशन नगरेको, सुनलाई विलासी वस्तुमा राखेर २ प्रतिशत विलासिता कर थपेको विरोधमा आन्दोलन गरेका हुन्। उनीहरूले सुनमा लगाएको विलासिता कर खारेज गर्न माग गरेका छन्।

पसल बन्द गरि विरोध ऱ्यालीमा सहभागीहरूले अवैध बाटोबाट सुन आयात गर्ने क्रमलाई सरकारले रोक्न नसकेको भन्दै आलोचना गरेका छन्।