झापाको कचनकवल गाउँपालिकामा विषालु सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ।

कचनकवल गाउँपलिका वडा नं.३ ठुलो केचना बस्ने हरी प्रसाद राजवंशीको छोरी वर्ष १२ कि मनिषा राजवंशीलाई आफ्नै भण्डार कोठा भित्र टेबल निकाल्ने क्रममा बिषालु सर्पले टोकि उपचारको लागि विएण्डसि अस्पताल बिर्तामोड लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार मंगलबार बेलुकी ५ः३० बजेको समयमा उनलाई सर्पले टोकेको थियो।

कचनकवलमा रहेको सर्पदंस उपचार केन्द्रमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारको लागि विएण्डसि अस्पताल बिर्तामोड लैजाने क्रममा मृत्यु भएको हो।