एसईई परीक्षाबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्न लागेको छ। बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले आज बैठक बस्न लागेको बताए। बोर्डको बैठक बस्न लागे पनि एसईईको नतिजा आज आउने सम्भावना न्यून रहेको अध्यक्ष शर्माले बताए।

‘बोर्डको पूर्व तयारी बैठक बस्दै छ। त्यसमा आज नै नतिजा सार्वजनिक गर्ने विषयमा निर्णय हुने सम्भावना कम छ,’ अध्यक्ष शर्माले भने।

प्राविधिक कार्य नसकिएकाले आजको सम्भावना कम देखिएको उनको भनाइ छ। प्राविधिक काम नसकिएको र त्यो काम सम्पन्न भएको खण्डमा आजै नतिजा प्रकाशनबारे निर्णय गरिने बताए।

नतिजाहरूको अक्षरांकनमा रूपान्तरण गर्ने काम भइरहेको छ। अंकमा गरिएको मूल्याङ्कनलाई बोर्डको सफ्टवेयरले अक्षरांकनमा रूपान्तरण गर्ने काम भइरहेको हो।