लेटाङ नगरपालिका-३ को कमलपुर र र्कीतिमानलाई जोडने झुलुंगे पुल र बस्ती भारी वर्षाका कारण सङकटमा परेको छ।
गत राती परेको भारी वर्षाले खोला किनाराको जग्गा कटान गर्न सुरु गरेपछि पुल सहित छेउ छाउका बस्तीहरुमा खत्रा बढेको हो। वर्षाका कारण नदीको बहाब बढेर आउँदा चिसाङ खोलाले पुल वरपरका जमिन कटान गर्न सुरु गरेको छ।
र्कीतिमान तिर रहेको पुलको पिलरदेखि करिब १०० मिटरसम्म खेलाले कटान गर्न सुरु गरेको छ भने कमलपुरतिरको १५ मिटरको दुरीसम्मको खोलाले कटान गर्न सुरु गरेको छ। पुल निमार्णपछि तार जाली सहितको तटबन्धन नगर्दा खोला पसेको स्थानीयको भनाइ छ। वर्षायामका कारण चिसाङ खोलाको स्वरुप बदलिँदा बस्ती नै बगाउन सक्ने खतरा अझ बढदै गएको छ। कमलपुरतिरको नँया बस्तीमा बाढी पसेर घर बगाउने चिन्ताले मानिसलाई राती निद्रा लाग्दैन।