मोरङको केराबारी गाउँपालिका–४ याङ्शीलाका चित्रबहादुर राईका विद्यालय जाँदै गरेका छोरा ११ वर्षीय श्याम राईलाई गोविने खोलाले बगाएको छ। 

बिहान ९ बजे खोलाले बगाएका उनको शव करिब एक सय मिटर तल भेटिएको वडाध्यक्ष शिवप्रसाद तामाङले बताए। बालक केराबारी–४ चिउरी भञ्ज्याङस्थित जनकल्याण माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिए।

याङ्शीलाबाट स्कुल पुग्न  करिब १ घण्टा लाग्छ। विद्यालय जाँदै गरेका ५९६ जना बालबालिका एकैपटक बाढी आएको खोलामा  छिरेका थिए। एक जनालाई बाढीले बगाएको थियो भने अरू विद्यार्थी बाहिर निस्किएका थिए।