विनियोजन विधेयक, २०८१ (बजेट) प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ।
मंगलबार अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए।
उक्त प्रस्तावलाई संसदका बहुमत सांसदहरुले सहमति जनाएका हुन्।
बहुमत सांसदहरुको समर्थनसँगै सभामुखले विनियोजन विधेयक, २०८१ लाई प्रतिनिधि सभाबाट बहुमतले पारित भएको घोषणा गरे।