सुनसरीको बुढी खोलाको बाढीले सतर्कताको तह पार गरेको छ। बाढी अझै बढ्दो क्रममा रहेकाले आज दिउँसो तीन बजेसम्म सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
महाशाखाका अनुसार कोशी बेसिनको चतरा क्षेत्रमा गत २४ घण्टामा १७३.२ मिलिमिटर वर्षा भएको छ। यसैगरी झापाको अनारमनीविर्तास्थित कन्काइ नदीमा पनि गत २४ घण्टामा १३९.४ मिलिमिटर वर्षा मापन भएको छ।