मोरङको सुन्दरहरैंचा नगरपालिकामा बुढीखोलाले बगाउँदा एकै परिवारका एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्।

सुन्दरहरैंचा नगरपालिका–५ गौशला नजिकै बूढीखोलामा माछा मार्ने क्रममा दिउँसो साढे १२ बजे एक्कासी आएको बाढीले चार जना महिलालाई बगाएको हो।

बाढीमा बगेका चारमध्ये २२ बर्षिया फुदनी भन्ने प्रेमकला चौधरीको खोलाले बगाएर मृत्यु भएको हो।

त्यसैगरी, सासु ६० बर्षिया असरादेवी चौधरी र अन्दाजी २५ बर्षकी जेठी बुहारी फुला चौधरी बेपत्ता रहेका छन् । माइली बुहारी २२ बर्षका स्वस्तिका चौधरीको भने सकुशल उद्दार भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।