प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाजपा नेता नरेन्द्र मोदीको प्रधानमन्त्री पदको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली जाने  भएका छन् । 

मोदी तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री बन्दै छन्। भारतीय जनता पार्टी भाजपा नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन एनडीएले बहुमत ल्याएपछि उनी प्रधानमन्त्री बन्न लागेका हुन्। 

मोदीले शनिबार शपथ ग्रहण गर्ने तयारी रहेको छ। प्रधानमन्त्री दाहाललाई शपथ ग्रहणमा उपस्थित हुन निम्तो आइसकेकाले उनी शनिबार नै भारत जाने बालुवाटार स्रोतको भनाइ छ। 

मोदीले पहिलो कार्यकालको शपथ ग्रहण गर्दा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नयाँदिल्ली गएका थिए। त्यसैको निरन्तरताका लागि प्रचण्ड भारत जान लागेका हुन्।