कोशी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम पारित भएको छ।

बिहीबारको प्रदेशसभा बैठकबाट सर्वसम्मतिले नीति तथा कार्यक्रम पास भएको सभामुख अम्बरबहादुर विष्टले घोषणा गरेका हुन्।

आइतबार बसेको प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले नीति तथा कार्यम पेश गरेका थिए। दुई दिनको छलफलमा उठेका प्रश्नको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबारको बैठकमा जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित गरेको हो।

प्रदेशसभाको अर्को बैठकमा सरकारले बजेट प्रस्तुत गर्नेछ।