दैलेख केन्द्रविन्दु भएर भूकम्प गएको छ। मंगलबार बिहान १०ः३४ मिनेटमा दैलेखलाई केन्द्रविन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

हिजोमात्रै लमजुङमा राति ८ बजेर ३८ मिनेटको समयमा भूकम्पको धक्का महशुस भएको थियो। लमजुङको तान्जे गाँउ आसपास केन्द्रबिन्दु रहेको ३ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको थियो।

यसअघि गत चैत ४ गते रसुवा जिल्लाको जुरेढुंगा केन्द्रविन्दु भएर भूकम्प गएको थियो। नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ।