करिब डेढ महिनापछि आज बसेको मधेश प्रदेशसभा बैठक प्रतिपक्षी जनमत पार्टीले अवरोध गरेको छ।
प्रदेशसभाको तेस्रो अधिवेशनको आज पहिलो बैठक बसेको थियो। बैठकमा आह्वान गरेको तेस्रो अधिवेशनको पत्र सभामुखले पढेर सुनाएपछि जनमतले प्रदेशसभा बैठक अवरोध गरेको हो।
सप्तरीको राजविराजमा मन्त्रीमाथि प्रहरीबाट आक्रमण गर्न लगाएको घटनाको छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राखेर संसद् बैठक जनमतले अवरोध गरेको हो।
जनमतका सांसद संजय यादवले भने, ‘मन्त्रीमाथि भएको आक्रमणको छानविन गर्नुपर्ने हाम्रो माग पहिलेदेखिकै हो। त्यो माग पुरा गर्नुपर्छ। समिति गठन नगरे सदन चल्न दिदैनौँ।’