सुनसरीको इटहरी उपमहानगरपालिकाले धुलाम्मे सडक पखाल्नका लागि ‘रोड वासर कम स्प्रिङकलर’ ल्याएको छ। यो मेसिन बिरुवामा पानी हाल्न र सडक पखाल्नका लागि प्रयोग हुने उपमहानगरले जनाएको छ।
सडक सफा गर्नेसँगै बिरुवामा पानी हाल्न र हिउँदमा धुलोले ढाकिएको बिरुवा पखाल्नका लागि मेसिनको प्रयोग गरिने इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेलले बताए।
उनले भने, ‘सहरलाई सफा बनाउँदै हरियाली प्रवर्द्धन गर्न मेसिन ल्याएका हौं।’ उनका अनुसार मेसिलाई ६५ लाख रुपैयाँ परेको छ।