अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा खण्ड दुई दिनका लागि बन्द भएको छ। सडक स्तरोन्नति जारी रहेकाले शनिबार र आइतबार दिउँसो उक्त खण्डमा आवागमन बन्द गरिएको हो।

सडक डिभिजन कार्यालय भक्तपुरले शुक्रबार सूचना जारी गर्दै उक्त खण्ड भएर यात्रा गर्ने यात्रु र सवारीसाधनलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ।

सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ, सडक डिभिजन भक्तपुरले सार्वजनिक सूचना जारी गर्दै अरनिको राजमार्ग (धुलिखेल–जिरोकिलो–खावा खण्ड) शनिबारदेखि दुई दिन दिउँसोको समयमा बन्द रहने जनाएको हो।