अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनी काठमाडौंबाट पक्राउ परेका हुन्।

लामा लागूऔषध खैरो हेरोइन मुद्दामा फरार प्रतिवादी हुन्। खैरो हेरोइन बिक्रीमा संलग्न लामालाई तत्कालिन पुनरावेदन अदालत पाटनले २०६४ जेठमा पाँच वर्षको कैद सजाय सुनाएको थियो।