सुनसरी बराहक्षेत्र ३ नडाहा चतरा सडक खण्डको जङ्गलमा एक युुवकको शब फेला परेको छ।

इलाका प्रहरी कार्यालय चक्रघट्टिका अनुसार गत बैशाख १ गतेदेखि हराईरहेका बराहक्षेत्र ३ इक्राई निवासी २४ बर्षिय शिवजी राउतको मृत अवस्थामा शव फेला परेको हो।

घाँस लिन जङ्गलमा गएका स्थानीयहरुले मृत शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवसँगै एउटा साईकल समेत फेला परेको छ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।