मुलुकभर प्रदर्शनमा आएको नेपाली सिनेमा ‘डिग्री माइला’ का कलाकारहरुको टोली प्रचारप्रसारको क्रममा विराटनगरआईपुगेका छन्।

फिल्मका मुख्य कलाकार दयाहाङ राई, आचल शर्मा, विजय बराल र कार्यकारी निर्माता मणिराम पोखरेलको टिम मंगलबार फिल्म प्रचार प्रसारका लागी  विराटनगर आएका हुन्।

नेपाली सिनेमा ‘डिग्री माइला’ शुक्रबारदेखि देशभरीका सिनेमा हलहरूमा प्रदर्शन भई रहेको छ। सिनेमाको प्रचार प्रसार गर्ने उद्देश्यका साथ सिनेमा निर्माण गर्ने टोली विराटनगर आइपुगेको फिल्मका कार्यकारी निर्माता मणिराम पोखरेलले जानकारी दिए। विराटनगरको भाटभटेनी स्थित क्यू.एफ.एक्स. सिनेमा हलमा सिनेमा हेर्न आएका दर्शकसँग टोलीले सिनेमाको बारेमा प्रतिक्रिया लिएका थिए।

शैक्षिक बेरोजगार एक युवाको कथावस्तुलाई समेटेर निर्माण गरिएको ‘डिग्री माइला’ को बारेमा मिश्रित प्रतिक्रिया आएको छ। रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राईले डिग्री माइला नामक चरित्र निर्वाह गरेका छन्। सोसल–ड्रामा जनरामा राखिएको यो फिल्मले शैक्षिक बेरोजगारीको कथा पेश गरेको छ।

फिल्म प्रचार प्रसारका लागी ‘डिग्री माइला’ का कलाकारहरु विराटनगर लगायत धरान ईटहरी, दमक,विर्तामोड हुदै पुन काठमान्डौ फर्कने तय गरिएको छ।