नेपाली कांग्रेस संसदीय बोर्डले इलाम–२ को उपनिर्वाचनका लागि पार्टी सभापति डम्बर खड्कालाई उमेदवार बनाउने भएको छ।

विहीबार विहान सबै आकांक्षीलाई बोलाएर छलफल गरेपछि खड्कालाई उम्मेदवार बनाउने सहमति बनेको हो। इलामका प्रमुख आकाक्षी भेषराज आचार्यसँग भने अन्तिम समयमा कुनै सरसल्लाह नगरेको प्रतिक्रिया दिएका छन्।

विहीबार बसेको बोर्ड बैठकले इलाम–२ मा खड्का र बझाङ १ (क) मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने गरी सहमति भएको कांग्रेस निकट स्रोतले जनाएको छ। बैठकमा सहभागी एक पदाधिकारीका अनुसार बोर्डले अब कार्य सम्पादन समितिलाई नाम सिफारिस गर्नेछ। उमेदवारको टुंगो लगाउन मंगलबार र बुधबार दुई दिनसम्म बसेका औपचारिक बैठक निष्कर्षविहीन रहेपनि विहीबार भने उम्मेदवारी टुङ्याएको हो।