राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मधेसमा कडाइकासाथ एसइई परीक्षा सञ्चालन नहुँदा मधेश प्रदेश बदनाम भैरहेको उल्लेख गर्दै परीक्षलाई मर्यादित बनाउनुपर्नेमा जोड दिएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा २ मिनेट समय माग गरी बोलेका उनले केन्द्रबाट खटाइने प्रहरी प्रशासनका प्रमुखहरु, निरिक्षक र सबै अधिकारीहरुका कमजोरीका कारण परीक्षामा चिट चोर्ने लगायतका अनपेक्षित घटनाहरु बाहिर आएको तर,त्यसको मूल्य सिङगो मधेसले चुकाउन परेको बताए।

उनले भने,‘अहिले मधेस आफैं एसइई परीक्षा हुँदा चीट चोर्नेहरुको चपेटामा पर्दैछ। यसको दोष मधेसले किन खेप्दैछ ? काठमाडौंमा सुनिन्छ ड्राइभिङ लाइसेन्स छैन् भने मधेस झरौं न पाइहाल्छ भन्ने छ। एसइई पास भएन भने त्यहाँ जाउ भइहाल्छ भन्ने छ। यहीबाट खटाइएको सिडिओ, एसपी निरीक्षक सबै अधिकारीहरुले छुट दिइरहेका छन्। तर त्यसको मूल्य मधेसले तिरिराखेको छ। यसको दोषी हामी मधेसी होइन्, केन्द्रबाट खटाइने सबै अधिकारीहरु हुन्।’

उनले मधेशमा हुँदै गरेको एसइई परीक्षामा भएको खुल्लापनलाई गहिरो गरी अध्ययन गर्न माग गर्नुभयो ।