मोटरसाइकल दुर्घटनामा घाइते भएका झापा बुद्धशान्ति ५ का गोविन्द न्यौपानेको उपचारका क्रममा मृत्यु भएको छ।

बुद्धशान्ति ५ मदन भण्डारी राजमार्गमा चैत ६ गते राति १२ः३० बजेको समयमा बुधबारेबाट खारखोलातर्फ जाँदै गर्दा उनले चलाएको मोटरसाइकल दुर्घटना भएको थियो।

प्रदेश १–०१–०१६प ३५२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक न्यौपाने गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बिएन्डसी अस्पतालमा भर्ना गरिएको थियो।

उनलाई त्यहाँबाट चैत १७ गते प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। उपचारका क्रममा १२ दिनपछि हिजो साँझ ६ः३० बजे न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।