राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम क्षेत्र नम्बर-२ मा हुने उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने भएको छ।

रास्वपाका केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालका अनुसार बिहीबार केन्द्रीय कार्यालयको सहमतिमा उम्मेदवारका ६ जना आकांक्षीसँग छलफल गरेर रास्वपाले लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुँदै छ। त्यसका लागि यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ।