झापा जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगरसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
बिहिबार बेलुका झापाको कनकाई नगरपालिका-५ स्थितमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी-१० का २८ वर्षीय अजय बस्नेतलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट ३ ग्राम १८० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो।
त्यसैगरी इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले कन्काई नगरपालिका-३ स्थितबाट कन्काई-४ का २३ वर्षीय सलिम आलम र २७ वर्षीय मुस्ताक अन्सारीलाई ९ सय ७० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ भने सोहि दिन लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर नगरपालिका-६ मेचीपुलबाट २ ग्राम ब्राउनसुगरसहित भारत ठाकुरगंज गलगलियाका ३२ वर्षीय मोहम्मद मुन्नालाई पक्राउ गरेको छ।
लागुऔषधसहित पक्राउ परेका उनीहरुको घटना सम्बन्धमा थप अनुसन्धान गरी रहेको प्रहरीले जनाएको छ।