लघुवित्त पीडितले संसद् भित्र नै आन्दोलन गरेका छन्। सोमबार उनीहरू संसद् भवन परिसरमै प्रवेश गरेर आन्दोलन गरेका हुन्।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा संसद् बैठक चलिरहेका बेला लघुवित्तका ऋणीहरू संसद् भवन भित्र जबरजस्ती परिसरमा पुगेर नाराबाजी गरेका हुन्। केही दिनदेखि लघुवित्त तथा सहकारी पीडितले विभिन्न माग राख्दै आन्दोलन गर्दै आएका छन्।