विराटनगर-१३ बाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित तीनजना पक्राउ परेका छन्।
कारोबारमा संलग्न विराटनगर महानगरपालिका–१४ का २१ वर्षीय दिपेशसिंह ठकुरी, विराटनगर–१५ का २० वर्षीय सेजन राई र विराटनगर–१७ का १९ वर्षीय शिवम थापामगर रहेका छन्।
लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले सोमबार बिहान उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर अनुसन्धान सुरू गरिएको मोरङका प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले जानकारी दिएका छन्।
पक्राउ परेकाको साथबाट १४.४० ग्राम ब्राउनसुगरजस्तो देखिने वस्तु बरामद भएको जानकारी दाहालले दिए। प्रदेश १–००१ ह १७८३ नम्बरको सीटी सफारीमा सवार रहेका बेला उनीहरुलाई पक्राउ गरिएको थियो। उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी गरेको छ।