डा. प्रधान र बन सन् १९७३ मा अष्ट्रेलिया पुगेपछि नेपाली समुदायको उपस्थिति बाक्लिएको थियो भने त्यसपछि नेपाल र अष्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध बिस्तार भएको मानिन्छ।

समारोहमा राजदूत पोखरेलले सम्मानित व्यक्तिहरुले नेपाल-अष्ट्रेलिया सम्बन्ध बिस्तारमा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे।

डा. प्रधान र बनले अष्ट्रेलियामा नेपाली समुदाय बिस्तार हुँदै गएकोमा खुसी व्यक्त गर्दै आफूहरु आएको समयमा नेपाली बोलेको सुन्न निकै लालयित भएको स्मरण गरे।

‘अष्ट्रेलियनहरूले नेपाल कहाँ हो भनेर सोध्दा माउण्ट एभरेष्ट भएको देश भन्नुपर्थ्यो तर आज त्यो अवस्था छैन। यहाँ पनि नेपालीहरूले शानका साथ आफ्नो उपस्थिति जनाएको देख्दा गर्व लाग्छ।’ डा. प्रधानले भने।