मोरङ। १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन्। उर्लाबारी नगरपालिका-५ मिलन चोक बस्ने ४१ वर्षीय रबिन गुरूङलाई प्रहीले पक्राउ गरेको हो।

गुरूङले किशोरीलाई ललाई फकाई प्रलोभनमा पारी उर्लाबारी नगरपालिका-४ स्थित होटलमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।