इटहरी । सिमान्तकृत लैङ्गिक अल्पसंख्यक समुदायका ब्याक्तिहरुले नागरिकता प्राप्त गर्न भोगीरहेको चुनौती र समस्यालाई कसरी निराकण गर्ने भन्ने विषयमा इटहरीमा छलफल भएको छ।

सीमान्तकृत लैङ्गिक अल्पसंख्यक, ट्रान्सजेन्डर ब्याक्तिहरुले आफ्नो नागरिकताको नाम र लिङ्गको महल परिवर्तन गर्नको लागी सल्यकृयाको प्रमाण पर्ने र सल्यकृयाको प्रमाण मागीरहेको छ भने त्यो मानव अधिकार सिदान्तको विपरीत भएको वीडिएसकी शिक्षा निर्देशक मनिसा ढकालले जानकारी गराइन्।

नागरिकता लिनको लागी साडे दुई वर्ष सम्म कुर्नु पर्ने र सल्यकृयाको प्रमाणपत्र बुझाएर वीर हस्पीटलमा नाङ्गीनु पर्ने साथै गृहमन्त्रालयको एकदम लामो प्रोसेस क्यावीनेटमा बस्नु पर्ने हुनाले यो धेरै ठुलो चुनौतीको विषय बनिरहेको समेत निर्देशक मनिसाले गुनासो गरिन्।

त्यसैगरी मानव कल्याणसमाज इटहरीका प्रमुख देवानन्द चौधरीले कार्यक्रममा वोल्दै सीप,कला, रोजगार नभएको कारण अल्पसंख्यक समुदायका व्याक्तीहरु रोडमा आउन बाध्य भएको, तर स्थानीय सरकारले निति र विधि बनाउने समयमा यो समुदायको समस्याहरुलाई समावेश गरिदिए यो समुदायको विकास र सुधार हुने बताए।

कार्यक्रममा विडिएस शिक्षा निर्देशक मनिसा ढकाल, विडिएस अध्यक्ष पीङकी गुरुङ,कार्यक्रम प्रवन्धक भुमिका श्रेष्ठ,कार्यक्रम अधिकृत सुदीप गौतम,राष्ट्रिय संयोजक सिम्रन सेरचन,परीयोजना निर्देशक सञ्जय श्रेष्ठ लगायत स्थानीय सरकारका प्रतिनीधीहरुको सहभागीता रहेको थियो।