काठमाडौँको लाजिम्पाटस्थित सांग्रीला होटेलको मोडमा विपक्षी चालकसँग ‘विवाद’ गर्ने पुरुषलाई प्रहरीले झिकाएर छलफल गरेको हो। प्रहरी वृत्त दरबारमार्गमा धनगढी घर भएका प्रवीण श्रेष्ठ र विपक्षी चालकलाई प्रहरीले विवादबारे छलफल गराएको हो।
शनिवार साङ्ग्रिला होटेलको मोडमा गाडी घुमाउने क्रममा विवाद हुँदा प्रवीण श्रेष्ठले ‘डीएसपी’ हुँ भन्दै अर्का कुलेश्वर बस्दै आएका एक युवकलाई अश्लील गालीगलौज गरेका थिए।
त्यसबारे दुवै पक्षलाई राखेर छलफल गराइएको र छलफलपछि उहाँहरु मिलापत्र गरेर गएका जिल्ला प्रहरी परिसर काठमाडौँका अधिकृतले बताएका छन्। प्रहरीको अनुसन्धानबाट प्रवीण श्रेष्ठ डीएसपी नभएको खुलेको छ।