राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा रिपोर्टिङका लागि पत्रकारहरूलाई प्रवेश निषेध गरिएको छ।

सैनिक मञ्च टुँडिखेलमा गृह मन्त्रालयले आयोजना गरेको दिवसको मूल समारोहमा सूचना विभागको प्रेस पास देखाउँदासमेत प्रवेश निषेध गरिएको हो। सोको विरोध गर्दै पत्रकारहरूले क्यामेरा डाउन गरेका छन्।