विद्याकी अधिष्ठात्री देवी सरस्वती पूजा विभिन्न कार्यक्रम र आराधना गरी विराटनगरमा भब्य रुपमा मनाइँदै छ।

विराटनगर स्थित सरस्वती मन्दिरमा भक्तजनहरुको भिड लागेको छ। विद्यार्थी अभिभावक लगायतको उपस्थितिमा सरस्वती पुजा धुमधामका साथ मनाइएको छ।

आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वासका साथ साना-साना नानीहरुलाई अक्षराम्भ पनि गराइन्छ।

सरस्वती विद्याकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्र्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन्।आज सरस्वतीको पुजा आजा गर्नाले विद्या आउने विश्वास रहेको विद्यार्थीहरु बताउछन्।

मनिषा राजवंशीः विद्यार्थी 

आजका दिन बालबालिकालाई शिक्षारम्भ गराउने, नाक कान छेड्ने, विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ।