बेलबारीमा लामो समयदेखि बालबालिकाका लागि काम गर्दै आएको संस्था अर्किडले एक कार्यक्रमकाविच आफ्नो आठौँ वार्षिक साधारणसभा तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
बेलबारी २, लालभित्तीमा रहेको संस्थाको कार्यलयको परिसरमा आयोजित कार्यक्रमको बेलबारी नगरपालिकाका उपप्रमुख नीतु थापा कोइरालाले उद्घाटन गरेकी थिइन् ।
सो अवसरमा बेलबारी नगरपालिका वडा नं २ का प्रतिनिधि वडा सदस्य दिपक लिम्बू, सिविन नेपालका क्षेत्रीय प्रमुख वासुदेव अधिकारी, दाता संस्था सिपिसियसका अध्यक्ष नवराज पोखरेल, जनता नमुना मावि बेलबारी १ का प्रधानाध्यापक शम्भुप्रसाद खनाल, नव जनज्योति आवि, सुन्दरहरैँचा ११ का प्रधानाध्यापक महानन्द तिम्सिना लगायतको शुभकामना मन्तव्य रहेको थियो ।
संस्थाले लामो समयदेखि सामुदायिक विद्यालयलाई शिक्षा, स्वास्थ्यलगायतको सेवा प्रदान गर्दै आएको छ ।
कार्यक्रममा बेलबारी नगरपालिका वडा नं २ का निवर्तमान अध्यक्ष घनश्याम गौतम, जेष्ठ नागरिक डिल्लीबहादुर थापा, इलाका प्रहरी कार्यालय महिला बालबालिका सेलकी मुना विष्ट लगायतको उपस्थिति रहेको थियो ।
संस्थाको सामाजिक परीक्षणको प्रतिवेदन संस्थाका संयोजक रेवती तिवारीबाट प्रस्तुत भएको थियो । आइतराज लिम्बूकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने कोषाध्यक्ष हर्कराज बस्नेतको रहेको थियो ।