पाँचथरको फिदिम नगरपालिका जिन्सी शाखाका प्रमुख हाङनारायण हाङ्सारुम्बाको निधन भएको छ । फिदिम वडा नं ४ निवासी हाङ्सारुम्बाको ५५ वर्षको उमेरमा शनिबार बिहान निधन भएको हो ।
अचानक साँझपख नाक र मुखबाट रगत बगेपछि उनलाई झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको आज बिहान निधन भएको हो ।
उनमा उच्च रक्तचापको समस्या रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको निधनले नगरपालिका परिवार स्तब्ध भएको नगर प्रमुख मित्रप्रसाद काफ्लेले बताए ।