२८६ रनको विजयी लक्ष्य पार गर्दै नेपालले क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा चार विकेटको जित निकालेको छ ।
त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टायो ।नेपालको जितका लागि कप्तान रोहित पौडेलले ८७, देव खनालले ७६, अनिलकुमार साहले ५०,भीम सार्कीले २३ र पवन सर्राफले १४ रनको योगदान गरे।
क्यानडा विरुद्धको सिरिजको पहिलो खेल पनि नेपालले जितेको थियो ।