दोस्रो जुनियर बेलबारी नगरपालिका स्तरिय तथा कोशी प्रदेश स्तरीय पाँचौ सिनियर आईटिएफ  तेक्वान्दो  प्रतियोगिता  सुरु  भएको  छ।

डाँगीहाट आईटिएफ तेक्वान्दो डोजाङ्गको सक्रियतामा प्रतियोगिता शुक्रबारदेखि  सुरु भएको हो।

प्रतियोगिताको उद्घाटन बेलबारी नगरपालिका प्रमुख दिल प्रसाद राईले गरेका थिए। कार्यक्रममा बोल्दै प्रमुख राईले खेलकुद क्षेत्रको विकासमा स्थानीय सरकार लागि पर्ने बताए।

उनले खेलकुद क्षेत्रलाई प्राथामिकतामा राखेर बजेट बिनायोजन गरी बेलबारी नगरपालिकालाई अगाडी बढाउने समेत बताएका छन्।

कार्यक्रममा नेपाल आईटिएफ तेक्वान्दोका केन्द्रीय अध्यक्ष प्रविणकुमार कार्कीले ताइक्वांदो खेलको विकासमा राज्यले ध्यान दिनुपर्नेमा जोड दिदैँ अहिले स्थानीय सरकारले खेलकुदमा बजेट बिनायोजन गरेर विकासमा लागि परेको बताए । प्रदेश र संघले खेलकुद क्षेत्रमा प्रयाप्त बजेट बिनायोजन नगरेको कारणले खेलकुद क्षेत्र पछाडी परेको बताए ।

नेपाल खेलकुद महासंघ मोरङका इन्चार्ज मनोज विक्रम शाह, नेपाल आईटिएफ केन्द्रीय उपाध्यक्ष चर्तुलाल चौधरी, बेलबारी नगरपालिका-१० का वडाअध्यक्ष गंगा याख्खालगायतको कार्यक्रममा उपस्थिती रहेको थियो ।

डाँगीहाट आईटिएफ तेक्वान्दो डोजाङ्गको अध्यक्ष धमेन्द्र लिम्बुको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको हो।