कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले ४ जना मन्त्री र दुई जना राज्यमन्त्री थप गर्दै मन्त्रीमण्डल विस्तार गरेका छन ।
चार जना मन्त्रीहरुलाई आज प्रदेश प्रमुख र्पशुरमा खापुङ् र दुइजना राज्यमन्त्री लाई मुख्यमन्त्ती केदार कार्कीले पद तथा गोपनियताको शपथ गराएका छन् । मुख्यमन्त्री नियुक्त भएको चार महिना पुग्नलाग्दा कार्कीले सरकार विस्तार गरेका हुन ।
स्वास्थ्य मन्त्रालयमा प्रदिपकुमार सुनुवार, उद्योग कृषि तथा सहकारी मन्त्रीमा रामकुमार खत्री, खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालयमा नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्रीमा राजेन्द्र कार्की, आर्थिक मामिला तथा योजना मन्त्रालय राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानून मन्त्रालयको राज्यमन्त्रीमा सुनिता कुमारी राम रहेका छन ।
मुख्यमन्त्री कार्र्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय भने आफ्नै जिम्मामा राखेका छन ।