त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी)अर्जुन चन्दको उपप्रधानमन्त्री स्तरीय निर्णयअनुसार चन्द प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा सरुवा भएका छन् ।

आईजीपी बसन्त कुँवरले डीआईजी चन्दलाई ‘काज’ सरुवा गर्न गृह मन्त्रालयमा सिफारिस गरेका थिए । उक्त सिफरिस अनुसार शुक्रबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले चन्दलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा काज सरूवा गरेका हुन् ।

गत माघ १२ गते विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी र विमानस्थलमा सुरक्षका लागि खटिएका प्रहरीबीच कुटाकुट भएको थियो ।

उक्त घटनामा असन्तुष्ट रहेका चन्दले राजीनामा बुझाएका थिए । उनलाई आइजिपी बसन्तबहादुर कुँवर र एआइजीहरूले राजीनामा फिर्ता गर्न लगाएर १० दिनको बिदामा बस्न भनेका थिए ।