अमर नेम्वाङ लिम्बु साहित्य पुरस्कारबाट लेखकद्वय विमला तुम्खेवा र गिरिराज बाँस्कोटा पुरस्कृत हुनुभएको छ।
अमर नेम्वाङ लिम्बु स्मृति प्रतिष्ठानले नेम्वाङको पाँचौँ स्मृति दिवसको अवसरमा आज पाँचथरको फिदिममा आयोजना गरेको कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो।
कार्यक्रममा फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बेले श्रष्टाद्वयलाई दोसल्ला, सम्मानपत्र र नगद पुरस्कारले पुरस्कृत गर्नुभयो । पुरस्कारको राशि जनही रु. ५० हजार रहेको छ।
कवि तुम्खेवा सञ्चारिका समूह नेपालका अध्यक्ष हुनुहुन्छ भने कवि तथा नियात्राकार बाँस्कोटा नेपाल पत्रकार महासङ्घ पाँचथर शाखाको अध्यक्षसमेत हुनुहुन्छ।