काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्प्सनले शिष्टाचार भेट गरेका छन्। सो क्रममा राजदूतले बालेनलाई अमेरिका भ्रमणको निम्तो दिएका छन्।
भेटका क्रममा प्रमुख शाहले आपसी कार्यक्रमका रुपमा आइटी (सूचना प्रविधि) को तालिम चलाउन सकिने धारणा राखेका थिए । ‘यसबाट अमेरिकन कम्पनीले कामका लागि जनशक्ति पाउँछन्। नेपाली युवाहरुले आय आर्जन गर्न पाउँछन् ।’
प्रमुख शाहले युनेस्को रचनात्मक सहर सञ्जालअन्तर्गत चलचित्र विधामा जोडिएर काठमाडौँले काम गरिरहेको समेत जानकारी दिएका थिए ।
भेटका क्रममा राजदूत थम्प्सनले भने, ‘हामी यहाँका सिर्जनात्मक कार्यक्रमहरुमा सहभागी हुन तथा यस्ता कार्यक्रममा अमेरिकाकातर्फबाट विज्ञ, व्यापारिक, सामाजिक तथा नागरिक तहको सम्बन्ध बढाउन सहजीकरण गर्न सकारात्मक छौँ।’