बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ। बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणबारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरिएको सीआईबी बताएको हो।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा तीन जना पक्राउ परेका छन् । सीआईबीको टोलीले बिहीबार सो प्रकरणमा चौधरी ग्रुपका एक सदस्य तथा सिजी होल्डिङका प्रबन्ध निर्देशक अरुण चौधरी, छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापा र आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुरलाई पक्राउ गरेको हो ।
प्रकरणमा अनुसन्धान गर्न तीन महिना अगाडि सीआईबीले एसपी होविन्द्र बोगटीको नेतृत्वमा एक कमिटी गठन गरेको थियो । सोही कमिटीले अनुसन्धान गर्दा उनीहरू दोषी पाइएपछि पक्राउ गरेको हो । उनीहरुविरुद्ध किर्ते, ठगी र सरकारी सम्पत्ति हिनामिनामा मुद्दा चलाउनका लागि अदालतबाट म्याद लिन लागेको छ ।